३३ किलो सुन तस्करी काण्डमा राप्रपाका नेता गुरुङ पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार २१:३८

काठमाडौं– तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् ।

प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो ।

गुरुङसँगै यो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गु्रुङ यसअघि राप्रपा नेपालमा थिए र पशुपति शमशेर राणाले पार्टी फुटाएपछि प्रजातान्त्रिकमा लागेका हुन् ।

होटल मनाङका सञ्चालक देवेन्द्र गिरीले होटल मनाङ अहिले आफ्नो भएको बताएका छन् ।- रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*