आगलागीबाट ८ लाख क्षति

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १९:१५
तस्बिर–गुगल

काठमाडौं, २५ चैत । सप्तरी र सिन्धुपाल्चोकमा भएको आगलागीमा करिब ८ लाखको क्षति भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका–२ राम टोल बस्ने प्रमेश्वर रामको फुसको छानो भएको १ तले घरमा आइतबार गहुको बाला पोल्ने क्रममा आगलागी हुँदा करीब ९० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ सुर्यकोटबेसी बस्ने ५० बर्षीय नेत्र बहादुर गौतमको १ तले कच्ची जस्ताले बनेको घर र गोठमा आइतबार करेन्ट सर्ट भई आगलागी हुँदा घरभित्र रहेको नगद १ लाख तथा सुनका विभिन्न गरगहना समेत जलेर करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*