ट्याक्टरको टेलरले किच्दा २ बालकको मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १९:१३
सांकेतिक तस्वीर

रौतहट, २५ चैत । रौतहटको गढिमाई नगरपालिका–२ हथियोल स्थित खेतमा ना.३ त ६२८४ नम्बरको ट्याक्टरले माटो पुर्ने क्रममा ट्याक्टरको पछाडीको टेलर पल्टिएर किच्दा दुई बालकको ज्यान गएको छ ।

टेलर पल्टँदा सोही स्थानमा खेलिरहेको सोही स्थान बस्ने प्रभु बैठाको छोरा ५ बर्षीय बिकाश बैठाको टेलरले थिचि आइतबार घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भिर घाईते भएका सोही स्थान बस्ने अनहोती दासको छोरा ७ बर्षीय रबी दासलाई उपचारार्थ गरुडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*