काँग्रेसले हेटौँडाले गर्यो शुभकामना आदानप्रदान

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १८:४७

हेटौंडा, २५ चैत । नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नेपाली काँग्रेस हेटौंडा–१ नम्बर वडाको आयोजनामा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

पार्टी वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, हेटौंडा– १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपाने, तरुण दल नगर सभापति सुनिल गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*