मद्यपान र जुवातास नियन्त्रणका लागि सिक्रेनीमा र्याली

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १५:४०

हेटौँडा, २५ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनीमा जाँड, रक्सी तथा जुवातास नियन्त्रणका लागि दवाब दिने उदेश्यसहित आईतबार र्याली निकालिएको छ ।

ग्रामिण महिला सेवा केन्द्रको कार्यक्रम अन्तर्गत गठन गरिएको कोपिला युवा महिला समूह तथा प्रगतिशील टोल विकास संस्था र सिक्रेनी टोलविकास संस्थाको सक्रियतामा र्याली निकालिएको ग्रामिण महिला सेवा केन्द्रकी सहजकर्ता सम्झना बिडारीले जानकारी दिईन् ।

कार्यक्रमका बारेमा जानकारी दिँदै प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष मिलन थिङले हेटौँडा सहित देशका विभिन्न स्थानमा लागुपदार्थ दुव्र्यसनी तथा मध्यपान सहित जुवातास खेल्ने क्रम बढ्दै गएको बताउँदै त्यसको रोकथामका लागि दवाब तथा चेतावनी सहितको र्याली आयोजना गरिएको बताए ।

जुवातासलाई समेत पेशा जस्तै बनाएर युवाहरु जुवातासमा भुल्ने गरेको भन्दै उनले भविष्यमा यसले ठूलो सामाजिक क्षति पुराउने ठहर सहित सचेतनाका लागि आज नै सचेत गराउन र्याली आयोजना गरिएको बताए ।

सिक्रेनीको घिसिङ टोल चौतारादेखि सुरु भएको र्याली सोल्टी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई ईलाका प्रहरी कार्यालय पदमपोखरीका सई पदम श्रेष्ठ, हेटौँडा १२ का वडाअध्यक्ष ललित घलान, प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष मिलन थिङ, सिक्रेनी टोल विकास संस्थाका अध्यक्ष नानीराम अर्याल लगायतले सम्बोधन गरेका थिए । जाँड रक्सी सेवन रोकथाम र जुवातस विरुद्धका विभिन्न प्ले कार्ड तथा ब्यानरसहित स्थानीय महिला, युवा तथा बुद्धिजीवीहरुले र्यालीमा सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*