पानी खाने क्रममा लडेर मृत्यु
धनुषा, २५ चैत । धनुषाको मिथिला बिहारी नगरपालिका–८ ठेराकचुरी बस्ने ५० बर्षीय रामशरण यादवको आफ्नै घरको धारामा पानी खाने क्रममा लडेपछि उपचारको क्रममा मृत्यू भएको छ ।
घाइते भएपछि उपचारार्थ जनकपुर अन्चल अस्पताल लैजाने क्रममा शनिबार बाटोमै उनको मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
