प्रहरीको नयाँ भवन उद्घाटन

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १४:५२

खोटाङ, २५ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जिल्ला प्रहरी कार्यालय खोटाङको नव निर्मित्त कार्यालय भवनको शनिबार आयोजित एक समारोहबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले भवन निर्माण कार्र्यमा सहयोग गर्ने स्थानीय तथा प्रहरी कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान समेत गरेका थिए । प्रहरी महानिरीक्षक अर्यालले नागरिकको सेवाप्रति कटिबद्ध भएर देश र नागरिकको छहारी बन्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । अपराध नियन्त्रण, शान्ति सुरक्षा एवं विपद्का समयमा सबैभन्दा पहिला नागरिकले प्रहरीलाई सम्झने उल्लेख गर्दै उहाँले प्रहरी सेवालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

प्रहरी सेवालाई समयानुकूल नागरिकको भरपर्दो अंग बनाउनु सबैको दायित्व रहेको बताउँदै प्रहरी महानिरीक्षक अर्यालले सुन्दर भवनमा बस्ने प्रहरीले नागरिकलाई सुन्दर सेवा दिनुपर्ने बताए । उक्त २२ कोठे नवनिर्मित्त भवन ३ करोड २२ लाख ४४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य उषाकला राई, शसस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरु पशुपति उपाध्याय, हेमन्तबहादुर पाल, पंकज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङ, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायत संचारकर्मी एवं स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*