थाहानगरका अमरको डेराबाट १० जना पक्राउ
काठमाडौं, २५ चैत । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी स्थित डेरा गरी बस्ने ३५ बर्षीय अमर के.सी.को कोठाबाट तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर थाहा नगरपालिका–११ डाडीघाँट घर भई हाल काठमाडौं कालिमाटी बस्ने ३२ बर्षीय सन्तराम मोक्तानसहित १० जनालाई प्रहरीले शनिबार नगद १ लाख ४४ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
