भाटभटेनीमा भिषण आगलागी
बुटवल, २५ चैत । बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी आईतबार बिहान आगलागी भएको छ । आइतबार बिहान विद्युत सर्ट भई आगो सुरु भएको प्रहरीले जनाएको छ । पाँच बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयबासी आगो नियन्त्रणमा लागेका छन् । माथिल्लो तलमा आगो लागेकाले आगो नियन्त्रणमा लिन कठिन भएको छ । दमकलको पानी माथिल्लो तलमासम्म पुग्न कठिन भएपछि आगो समयमै नियन्त्रणमा आउने नसकेको हो । यद्यपि थप क्षतिको सम्भावना भने टरेको छ ।
