भीमफेदी गाउँपालिकामा वाइसीएलको समिति गठन
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकामा नमराज मुक्तानको अध्यक्षतामा ६ सदस्यीय गाउँपालिका स्तरीय वाइसीएल गठन गरिएको छ। प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथिहरु प्रलोक पान्डे , भीमफेदी गाउँपालिका कमरेड प्रमिला लामालगायत थिए ।
अमृत लामाको अध्यक्षतामा भएको कार्यक्रममा तीन नम्बर वडा अध्यक्ष पृतीलाल लामा र गाउँ कमिटी सचिवालय सदस्य मदन बर्तौला, ट्रेड युनियन अध्यक्ष नेमा डिम्डुङ, ट्रेड युनियन इन्चार्ज अमृत बललगायतको उपस्तिथि रहेको थियो।
