५० हजार धरौटीमा सलमान खान रिहा हुँदै

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार १५:४३

काठमाडौं, २४ चैत्र । २० वर्ष अघि सुटिङको क्रममा दुई हरिण मारेको आरोपमा पाँच वर्ष काराबासको सजाय सुनाइएका भारतीय नायक सलमान खान ५० हजार धरौटीमा रिहा हुने भएका छन् । भारतीय अदालतले आज उनलाई प्रति हरिण २५ हजार धरौटीमा रिहा गर्न सक्ने मार्ग प्रशस्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टाईम्स अफ इण्डिका अनुसार सलमान खानको मुद्दामा धरौटीमा रिहा हुने प्रक्रियामा सफलता पाएका छन् । न्यायाधिश रविन्द्र कुमारले यस्तो आदेश दिएको सो अनलाइनले जनाएको छ । त्यस्तै अर्को भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले दुई दिन अघि पाँच वर्ष काराबासको सजाय तोकेर जेल पठाइएका चर्चित नायक खान धरौटीमा रिहा हुन लागेको उल्लेख गरेको छ ।
अदालतको आवश्यक प्रक्रिया पुरा गरेपछि नायक खान आजै रिहा हुनसक्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*