मकवानपुरगढीको सिमलटारमा स्ल्याबको शिलान्यास, २ सय ३३ मिटर बाटो स्ल्याब हुने
मकवानपुर, २३ चैत । मकवानपुर गढीगाउँपालिका वडा नम्बर ५ सिमलटारमा आज एक कार्यक्रमका गरि बाटोको स्ल्याब शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले सिमेन्टको मसला राखि स्ल्याब निर्माणको उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले गाउँपालिकाले ७०–३० को अवधारण ल्याउदैं २ करोड रुपैयाँ बाटो निर्माणका लागि बजेट रहेको बताए । प्रत्येक वडालाई २५ लाख विनियोजन गरिएको बताउँदै स्थानियले ३० प्रतिशत रकम व्यहोर्नु पर्ने व्यवस्था रहेको बताए ।

आज शिलान्यास गरिएको स्ल्याब मकवानपुर गढीकै पहिलो स्ल्याब ढलान हो । अब सबै स्थानहरुमा स्थानहरुमा स्ल्याब हुने हुमागाईले बताए । गाउँपालिकामा मुल बाटो ८–१० मिटर, शाखा ६ मिटर र साना बाटो ४ मिटिरको हुनुपर्ने उनले बताए । स्थानिय संघसंस्था र क्रसरहरुले सबै कार्यमा सहयोग गरि गढी नमुना गाउँको रुपमा बनाउनु पर्नेमा उनले जोड दिए । बाटो निर्माण पछि १५–२० दिन सम्म यातायात बन्द गर्न समेत उनले आग्रह गरे । सिमलटारमा अहिले २ सय ३३ मिटर स्ल्याब निर्माण हुनेछ ।
सिमलटार बाटो निर्माण समितिका अध्यक्ष कृष्णसिद्धी लामाको अध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष जीतबहादुर घिमिरे, बाटोका प्राविधिक विष्णुप्रसाद ढुङगाना, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तथा क्रसर व्यवसायी राजाराम कार्की, राजनितिक दलका प्रतिनिधिहरु र स्थानिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
