नेपाल तरुण दलले हेटौँडामा प्रदेश स्तरीय प्रशिक्षण गर्ने
हेटौँडा, २३ चैत । नेपाल तरुण दलले बैशाख ३ र ४ गते मकवानपुरको हेटौँडामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अनुसार बैशाख ३ र ४ गते हेटौँडामाा ३ नं प्रदेश स्तरीय तरुण दल प्रशिक्षण कार्यक्रम हुने भएको तरुण दलले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको तयारी स्वरुप तरुण दल मकवानपुरले आज एक कार्यक्रमको आयोजना गर्दै तयारी तिब्र पारिएको जानकारी दिएको छ । नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा भएको बैठकमा नेपाली काँग्रेस जिल्ला समितिका पदाधिकारीहरु , क्षेत्रीय सभापति , काँग्रेसबाट निर्वाचित गाँउपालिका तथा वडा अध्यक्ष , नगर अध्यक्ष , लगायतको उपस्थिति रहेको थियो । बैठक नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकको संयोजकत्वमा सम्पन्न भएको हो ।
