अवैध ड्रोन क्यामेरा र मोबाईल नियन्त्रण

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १६:५३

धादिङ, २३ चैत । काठमाडौँबाट भारततर्फ जाँदै गरेको एचआर ५५ एन १९१० नम्बरको कन्टेनरबाट प्रहरीले शुक्रबार बिहान बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटार स्थित पृथ्वी राजमार्गबाट अबैध रुपमा लगिरहेको ड्रोन क्यामेरा, मोवाइल तथा चुरोट लगायतका ८४ कार्टुन सामानहरु बरामद गरेको छ ।

फरार कन्टेनर चालकको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*