जुवा तास खेल्ने ९ जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १६:४३
तस्बिर–गुगल

काठमाडौँ, २३ चैत । गोकर्णेश्वर नगरपालिका–८ आरुबारी स्थित गंगा लामाको घरमा जुवातास खेलिरहेका सोही नगरपालिका–९ बस्ने ६१ बर्षीय सोनाम लामा सहित ९ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

उनीहरुलाई नगद ७७ हजार ३ सय रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*