भरुवा बन्दुक सहित पक्राउ
महोत्तरी, २३ चैत । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर बस्ने ३० बर्षीय पेम्बा लामालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
उनलाई सोही ठाउँको जंगलबाट लोड भएको भरुवा बन्दुक १ नालमा लाग्ने बारुद्ध २ सय ग्राम र ८ थान फलामका टुक्रा सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
