३३ किलो सुन लुटपाट काण्डमा प्रहरी नै शंकाको घेरामा

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार ११:४०

काठमाडौं, २३ चैत । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । यो समाचार आजको राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

प्रहरीको मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् ।

सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*