यस्ता पो वडाध्यक्ष

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार २०:०४

ओखलढुंगा २२ चैत । निर्वाचित जनप्रतिनिधिहरुले सरकारी बजेटको दुरुपयोग गर्दै विलासीताको सामान किनेको , अनावश्यक रुपमा खर्च गरेको त हामिले सुन्दै आएका छौं, तर ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो लागि मोटरसाईकल खरीद नगरी उक्त रकम बाटो निर्माणमा खर्च गरेका छन् ।

चम्पादेवी गाँउपालिका वडा नम्वर ७ का अध्यक्ष सुरेस थापाले सवारी सहजताकोे लागि छुट्टीएको रकमले स्थानिय स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेका हुन् । गाँउपालिकाले उनलाई सवारी सहजताको लागि ५ लाख बजेट दिएको थियो ,तर उनले सो बजेट विकास निर्माणकै काममा खर्च गरेका हुन् ।

थापाले भने विकास निर्माण भन्दा सवारी साधन ठुलो होईन । मैले बाटो निर्माणमा खर्च गरे अब आम जनताले बाईक लिएर हिड्न बाटो बन्यो म त्यसमै खुसी छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*