जागीर लगाई दिने र विदेश पठाउँछु भन्दै ठगी गर्ने गिरोह पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १८:५४
File Photo

काठमाडौँ, २२ चैत । विभिन्न व्यक्तिहरुलाई सुरक्षा निकायमा जागिर लगाई दिने र विभिन्न देशमा पठाई दिन्छु भनी ठगी गर्ने ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लम्जुङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–११ बस्ने २८ बर्षीय मोहन दुरा, लम्जुङ घर भई काठमाडौँ मनमंैजु बस्ने ४७ बर्षीय पशुपति अधिकारी, तनहुँ व्यास नगरपालिका–११ घर भएका ४० बर्षीया यमुना खड्का र कास्की रुपा गाउँपालिका घर भई बनस्थली बस्ने ३९ बर्षीय रमेश कुमाल रहेका छन् ।

उनीहरुले राष्ट्रिय अनुसन्धान बिभागमा सिपाहीको लागि प्रति व्यक्ति २ लाख, नेपाली सेनाको सेकेण्ड लेप्mिटनेन्टको लागि ७ लाख, शान्ति सेनामा पठाउने भनी प्रति व्यक्ति २ लाख तथा पोल्याण्ड लगायतका देश पठाईदिने भनी १ लाख ५० हजारको दरले करीव १ करोड १५ लाख उठाएको अनुसन्धानबाट खुल्न आएको छ ।

ठगी गर्ने क्रममा मोहन दुराले आफुलाई नेपाली सेनाको जमदार तथा बहालवाल जर्नेलको पिए हुँ भनी बताउने गरेको तथा यमुना खड्काले आफुलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजीको श्रीमती हुँ भनी चिनाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*