चट्याङ लागेर २ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १८:४८
सांकेतिक तस्वीर

खोटाङ, २२ चैत । खोटाङको रुपाकोट मझुवागडी नगरपालिका–२ बस्ने ६२ बर्षीय सम्मर बहादुर दाहालको घरमा बुधबार चट्याङ पर्दा बेहोस भएका दाहालको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी सकिला गाउँपालिका–२ रतन्छा बस्ने ६४ बर्षीय प्रेम बहादुर खत्रीको घरमा बुधबार चट्याङ पर्दा खत्रीकी श्रीमती ५५ बर्षीया बालकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको छ । घाइते प्रेम बहादुरको प्राथामिक स्वास्थ्य चौकी रतन्छाबाट खटिएको स्वास्थ्य टोलीले घरमै उपचार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*