वर्षाले घर भत्कदा ४ जना घाइते
भक्तपुर, २२ चैत । सूर्यविनायक नगरपालिका–१० चित्तपोल खुलाल गाउँ बस्ने बिदुर थापाको ईटा माटोले बनेको जस्ताले छाएको दुईतले कच्ची घर अविरल बर्षाका कारण बुधबार भत्कदा ४ जना घाईते भएका छन् ।
घर भत्कँदा ५० बर्षीया पशुपती थापा, २१ बर्षीया सरदा थापा, १८ बर्षीय उमेश थापा, २१ बर्षीय रोसन थापा र २० बर्षीया सरिना थापा घाइते भएकोका हु्न् । उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । उक्त घरमा रहेको किनारा पसल र घर समेत गरी करीव १३ लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ ।
