‘हेटौँडा नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्छ’–कमल थापा
हेटौँडा, २२ चैत । पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी बनाउनको आग्रह गरेका छन् । राप्रपा हेटौँडा नगर कमिटिले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले प्रदेश नंबर ३ को स्थायी राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त भएको बताए ।
हेटौँडा अपायक तथा केन्द्रबिन्दुमा पर्दैन भन्ने व्यक्तिहरुलाई ईङ्कीत गर्दै थापाले प्रदेश नम्बर १ का ताप्लेजुङका स्थानीय विराटनगरसम्म पुग्ने र प्रदेश नम्बर ६ का हुम्लादेखिका स्थानीयहरु सुर्खेत पुग्न हुने भन्दै प्रदेश नम्बर ३ का स्थानीयहरु हेटौँडासम्म आउन किन नहुने भन्दै प्रश्न तेस्र्याएका छन् । प्रदेश नंबर ३ को राजधानी हेटौँडा आउन प्रदेशका सबै जिल्लाले हालकै अवस्थामा करिब ५–६ घण्टा यात्रा गरे पुग्ने देखिएको भन्दै राजधानी बन्न उपयुक्त भएका कारणहरु समेत बताए ।
