लेडि जेसिजको कविता प्रतियोगितामा पुडासैनी प्रथम
मकवानपुर, २२ चैत । हेटौँडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज भएको खुल्ला कविता प्रतियोगितामा शुष्मा पुडासैनी प्रथम भएकी छिन् । साहित्य संगम मकवानपुरको सभाहलमा आयोजना भएको कविता वाचन कार्यक्रममा ११ जना प्रतिश्पर्धीहरुले कविता वाचन गरेका थिए ।
प्रतियोगितामा अनिसा पुडासैनी दोस्रो र सुदिन पौडेल तेस्रो भएका थिए । विभिन्न शिर्षकहरुमा वचित कविताहरुमा मकवानपुरका साहित्यकार तथा कवि निमेष निखिल र शान्ति प्रिय वन्दनाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
हेटाँैडा लेडि जेसिजकी पुर्व अध्यक्ष शोभा खरेलको प्रमुख आतित्यथतामा भएको कार्यक्रममा कविता प्रतियोगिता कार्यक्रम संयोजक भावना घलानको अध्यक्षता रहेको थियो । कार्यक्रममा लेडि जेसिजकी अध्यक्ष गमला राजभण्डारी (अस्मिता) , लायन्स क्लब ३२५ विटु रिजनल चियरपर्सन कृष्णराम न्यौपाने लगायतको आतित्यथता रहेको थियो ।
जेसिजको सप्ताहब्यापि कार्यक्रम अन्तर्गत शुक्रबार बिहान स्लो स्कुटी प्रतियोगिता तथा भुटनदेवी मन्दिर सफाई र अन्तिम दिन २४ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जेसिज सप्ताहब्यापी कार्यक्रम मुल संयोजक शुष्मा लटौलाले जानकारी दिईन् ।
