ओम वृद्धाश्रममा फलफुल, नगद र दुध वितरण
मकवानपुर, २२ चैत । मकवानपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघले हेटौँडा चौकी टोलमा अवस्थित ओम वृद्धाश्रममा सहयोग गरेको छ । संघले आफ्नो रजत जयन्ती तथा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बृद्धाआश्रमलाई फलफुल, पाँच हजार पाँच सय पचपन्न रुपैया नगद र १५ लिटर दुध वितरण गरेको हो ।
आश्रमका अध्यक्ष बुद्धीप्रसाद पौडेललाई नगद र आश्रमका बृद्धबृद्धालाई फलफुल वितरण गरिएको थियो । हेटौडा सिमेन्टका अध्यक्ष रघुरमण न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम दुग्ध संघका उपाध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको थियो ।
