हेटौँडा लेडि जेसिजद्वारा मानव सेवा आश्रममा आश्रितलाई खाना

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १३:०३

मकवानपुर, २२ चैत । हेटोँडा लेडि जेसिजको सप्ताहब्यापि कार्यक्रम अन्र्तगत आज मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाईएको छ ।

सडक जीवन विताईरहेकाहरुलाई आश्रय दिईरहेको आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई आज एक छाकको खाना खुवाईएको जेसिजकी अध्यक्ष गमला राजभण्डारीले बताए । यसअधि सप्ताहब्यापि कार्यक्रम अन्र्तगत हिजो रक्तदान तथा वतृत्वकला कार्यक्रम भएको थियो । हेटाँैडाको बुद्धचोकमा भएको रक्तदानमा ४५ जनाले रक्तदान गरेका थिए ।

यस्तै सप्ताहब्यापि कार्यक्रम अन्र्तगत आज दिउसो दिउँसो १ बजे हेटाँैडाको साहित्य संगमको सभाहलमा खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको सप्ताहब्यापि कार्यक्रम मुल आयोजक समितिका संयोजक सुष्मा लटौलाले जानकारी दिए । लटौलाका अनुसार भोलि स्लो स्कुटी प्रतियोगिता तथा भोलि नै दिउँसो भुटनदेवी मन्दीर सफाई र पर्सि २४ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*