प्रदेश नम्बर ३ को मन्त्रीपरिषद बैठक आज साँझ बस्दै

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १२:५८

मकवानपुर, २२ चैत । प्रदेश ३ मन्त्रीपरिषद बैठक आज बेलुकी ५ बजे बस्दैछ । मुख्यमन्त्रीको कार्यालयमा बस्ने बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विद्येयक, प्रदेश सभा सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी कानुन र स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येयक माथि छलफल हुने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विद्येयक चैत १ गते बसेको मन्त्रीपरिषद बैठकले स्विकृत गरेर प्रदेशसभामा पेश गर्ने निर्णय गरेपनि ‘विवादित’ भएका कारण सरकारले प्रदेश सभामा दर्ता गरेको थिएन । जिल्ला समन्वय समितिका सदस्य र कार्यपालिका सदस्यको तलव सुविधा नतोकिएको भन्दै विरोध भएपछि सरकारले परिमार्जन गर्न लागेको हो ।

सरकारले बिजनेस दिन नसकेको भन्दै सत्तारुढ दलका सांसदबाटै तिव्र आलोचना भएपछि कानून निर्माणलाई तिव्र पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*