किसानको लागि मौसम उपयुक्त बन्दै , मुलुकको विभिन्न स्थानहरुमा केहि दिन अझैं बर्षा हुने
काठमाण्डौ २१ चैत । काठमाण्डौ उपत्यका साथै मुलुकको अन्य पुर्वी तथा पश्चिमी क्षेत्रमा केहि दिन मौसममा बदली भई बर्षा हुन सक्ने जल तथा मौसम बिज्ञान विभागले जानकारी दिएको छ । बर्षा सुरुभएसंगै मुलुकका किसानहरुलाई खेतीपातीका लागि मौसम समेत उपयुक्त भएको छ ।
मौषमविदहरुको अनुसार भारताको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुन्द्रिक चक्रबाद कमजोर भएसंगै त्यसको प्रभाव स्वरुप नेपालका विभिन्न स्थानमा मौसम बदली भईरहेको छ ।
सुदुरपश्चिम तथा मुलुकको अन्य स्थानमा बर्षा भएको र अझैं केहि दिन मुलुकको पुर्वी भागमा बर्षा हुने समेत विभागले जानकारी दिएको छ ।
