फोनिज बाराको पहिलो अधिवेशन सम्पन्न

तु खबर संवाददाता
२०७४ चैत्र २१, बुधबार १०:०२

बारा , २१ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) जिल्ला कार्यसमिति बाराको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पत्रकार दुष्यन्त चौधरीलाई सर्वसम्मतले चयन भएका छन् ।

समितिको खुल्ला उपाध्यक्षमा प्रकाश श्रेष्ठ , महिला उपाध्यक्षमा मनोरमा चौधरी , सचिवमा अनिल प्रित चौधरी , कोषाध्यक्षमा मिरा चाम्लिङ राई , सहसचिवमा नविन चौधरी सर्वसम्मत चयन भएका छन् । सदस्यमा शिव थापा मगर , धिरेन्द्र पनुहर , चन्दन चौधरी , आकाश श्रेष्ठ , बुधन चौधरी , सुमन श्रेष्ठ र राजकुमार लामा रहेका छन ।

त्यस्तै चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार सत्य प्रकाश श्रेष्ठ , जितलाल श्रेष्ठ र सत्य श्रेष्ठलाई चयन गरिएको छ ।

जिल्ला अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार निमा लामा , रेनु चौधरी र शेखर चौधरीलाई छनौट गरिएको छ । निवर्तमान जिल्ला अध्यक्ष सत्य श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बाराका अध्यक्ष तथा प्रदेश सभा सदस्य सीता गुरूङ रहेका थिए ।

त्यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा , सुन्दर बहादुर विश्वकर्मा , नेकपा एमाले बाराका प्रचारप्रसार विभाग प्रमुख मनोज पौडेल , नेपाल पत्रकार महासंघका अध्यक्ष कमल कुमार उपाध्याय , बाराका अग्रज पत्रकार रेशम तिवारी , प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी , प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाल , समर्पण एफएमका प्रबन्ध निर्देशक संतोष देउजा , पत्रकार निरज पिठाकोटे मगर लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*