अन्तर्राष्ट्रिय धार्मिक पर्यटन महोत्सव बैशाख ७ देखि
काठमाडौं, २० चैत्र ।
स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति, गोठाटार नवतन धामले अन्तर्राष्ट्रिय धार्मिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
२०७५ बैशाख ७ गते सुरु हुने महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।
धार्मिक पर्यटन महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मदन शर्माले जानकारी अनुसार धार्मिक महोत्सवमा भारतस्थित पश्चिम बंगालका मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महोत्सवमा भारत, श्रीलंका, बर्मा, भुटान, बेलायत, अमेरिका र इण्डोनेशियालगायतबाट भक्तजनहरु सहभागी हुने विश्वास लिएको संस्थाले जनाएको छ । महोत्सवमा आध्यात्किगोष्ठि, सास्किृतिक कार्यक्रम, प्रवचन, भक्ति संगित सम्मेलन, सास्किृतिक झाँकीहरु प्रदर्शन तथा नृत्य जस्ता रोचक कार्यक्रम प्रस्तुतहुने महोत्सवका प्रचार प्रसार संयोजक भोला दाहालले बताए । साथै महोत्सवमा रक्तदान, निशुल्क स्वाथ्य परिक्षण, योग शिविर, समाजमा विशिष्ठ सेवापु¥याउने व्यक्तिहरुका सम्मान कार्यक्रम आयोजना गरिने छ ।
देश तथा बिदेशबाट दैनिकबीस हजारभन्दा बढी भक्तजनहरुको सहभागी हुने यस महोत्सवमा विभिन्न धर्मका सन्तहरु, सरकार प्रमुख, मन्त्रीहरु, सरकारका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न धार्मिक समामाजीक संस्थाका प्रतिनिधिहरु, राष्ट्रिय कलाकारहरु लगाएत गैर सरकारी, प्राज्ञिक राजनैतिक सवै क्षेत्रका ब्यक्तिहरुको सहभागी रहने अपेक्षा गरिएको संस्थाले जनाएकोे छ ।
महोत्सवमा उपस्थित हुने महानुभावको लागि निःशुल्क भोजन र आवासको व्यवस्था गरिने संस्थाले जनाएको छ । महोत्सव व्यवस्थापनको लागि मूल आयोजक समितिर यस अन्तर्गतका २१ वटा उपसमितिहरु सक्रिय रहेको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।
महामती श्रीप्राणनाथजी प्रण्।ित श्रीमततारतम सागरको ४०० पारायण एवं श्रीकृष्ण कथा अमृतरस प्रवाह हुने आयोजक समितिले जनाएको छ । पशुपतिनाथ मन्दिरबाट डेढकिलोमिटर पुर्वाेत्तरमा रहेको श्रीकृष्ण प्रणामी समाजको केन्द्रिय मन्दिर नवतनधाममा धार्मिक पर्यटकीय महत्वले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पु¥याउने विश्वास आयोजक समितिले लिएको जनाएको छ ।
यस धाममा श्रीकृष्ण जन्माष्टमीको पावनअवसरमा राष्ट्रपति बाट दर्शन एवं आरती गर्ने परिपाटि रहेको छ ।
जनश्रुती अनुसार आजभन्दा ४०० वर्ष पूर्वको तत्कालिन समयमा समाजमा जातिय विभेद लैंङ्गिक विभेद, छुवाछुत र विभिन्न कुरीतिहरु तथा विसंगतिहरुले ग्रस्त हुँदा मुगल सम्राज्यबाट भारतबर्षमा सनातनधर्म संकृति घोर असहिष्णुता भएको अवस्थामा महामति श्रीप्राणनाथजीको प्राकट्य पछि मानवमा जतिय, लैंङ्गिक विभेद हुनु मानवताप्रति अपराधहो भन्ने सास्वतसत्यलाई त्यस अवस्थाको कठीन परिस्थितिमा आम जनमानसमा संचार गर्ने कार्य भएको थियो ।
काठमाण्डौमा हुनलागेको यस बृहत महोत्सवको प्रचार प्रसारका लागि २०७५ बैशाख १ गते उपत्यकाका तीन जिल्लामा बृहतमोटर साइकल र्याली र २०७५ बैशाख ६ गते विशाल शोभा यात्राको कार्यक्रम गरिने भएको आयोजक समितिले जनाएको छ ।
