हेटौंडामा अटोको ब्रम्हलुट उस्तै ,कहाँ गयो निर्धारीत भाडादर ?

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १६:४३
file photo

बलराम पुडासैनी
मकवानपुर २० चैत । मकवानपुरको हेटौंडामा हाल अटो ,इ –रिक्सा फिलिलि दौडिरहेका हुन्छन् । सर्वसाधारणको लागि सहज र तुरुन्त सवार गर्न उपयुक्त पनि छ अटो इ–रिक्सा तर अटो तथा इ रिक्सा व्यवसायीहरुले अत्याधिक भाडा असुल्दै सर्वसाधारणमाथि ब्रम्हलुट गरीरहेका छन् ।

हेटौंडा नगरमा हाल कति संङख्यामा अटो तथा इ रिक्सा संचालनमा छन् ,सम्बन्धीत सरोकारवालाहरु कसैसंग पनि एकिन तत्थाङक भने छैन । भिभिन्न रुटमा संचालनमा रहेका अटो तथा इ रिक्साहरुले भाडापनि सवार गर्ने मानिसको हुलिया हेरेर माग्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

सरकारले देशैभर २० बर्ष पुराना सवारीसाधन संचालनमा रोक लगाएछि हाल हेटौंडामा टेम्पो संचालनमा रहेको छैन । त्यसकै मौकाको फाईदा उठाईरहेका छन् अटो रिक्सा । यस बिषयमा मकवानपुरका संचारमाध्यमहरुमा समाचार प्रकाशन प्रसारण भएपछि केहि समय अघिमात्र हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी , जिल्ला ट्राफिक प्रहरी, यातायात व्यवस्था सेवा कार्यालय ,यातायात व्यवसायी संघ र विभिन्न मजदुर संगठनको सामुहिक छलफलमा हेटौंडा उपमहानगरपालिका भित्रका विभिन्न रुटमा चल्ने ३ पांग्रे सवारी साधनको भाडादर निर्धारण गरीएको थियो ।

तर निर्धारण भएको भाडादर एकातिर छ बजारमा अटोको भाडा अर्कै छ । अनुगमन र अवलोकन गर्ने जिम्मेवार निकायले कानमा तेलहालेर बसेका छन् । अनि सर्वसाधारणको कुनै गुनासो आएको छैन भन्दै पन्छिन खोजिरहेका छन् ।
निर्धारण गरीएको भाडादर न अटो चालकलाई थाहा छ न सर्वसाधारणलाई । काग कराउदैं जान्छ पिना सुक्दै जान्छ भने जस्तो सरोकारवाला निकायले निर्धारण गरेको भाडादरको पालना गरीरहेका छैनन् अटो व्यवसायीहरु ।

तु खबरको प्रश्नमा मकवानपुरका सिडिओ चक्र बहादुर बुढाले बढी भाडा लिने अटोको नम्वर सहित सर्वसाधारणले उजुरी गरे कारवाहि गर्ने बताउँछन् । तर सर्वसाधारणहरु भने प्रशासनिक निकायमा उजुरी गर्नुको सट्टा सामाजिक संजालमा अनावश्यक टिक्का टिप्पणी गर्नै व्यस्त देखिन्छन् । सर्वसाधारणले गुनासो आधिकारीक नभएको भन्दै यस बिषयबाट पन्छिने मौका पाईरहेको छ प्रशासनले ।

संयुक्त समिती के भन्छ ?
मकवानपुरमा अटो व्यवसायीहरुको भिभिन्न छाता संगठनहरु हाल संयुक्त समितीको रुपमा अटोको व्यवस्थापनको लागि जुटिरहेको समितीका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिएका छन् ।

केहि समय अघि उक्त समितीले भिभिन्न सरोकारवालाहरुलाई ६ बुंदे मागसहितको ज्ञापनपत्र समेत बmुझाईसकेको छ । जसमा अटोको लागि उपयुक्त पार्कीङको व्यवस्था , हाल संचालनमा रहेको अटोलाई व्यवस्थापनगर्ने र थप अटो संचालनमा आउन दिन रोक लगाउनुपर्ने , नगरपालिकाले अटोमा स्टिकर प्रणालीमार्फत व्यवस्थापन गर्नुपर्ने लगाएतको माग समितीको छ । तर समितीका अध्यक्ष रेग्मीले सरोकारवालाहरुले ज्ञापनपत्र त बुझेंको तर त्यसप्रति केहि वास्ता नगरेको आरोप लगाएका छन् ।

उनले आफुहरुले उक्त ज्ञापनपत्र बुझाएपछि ट्राफिक चेकिङमा भने केहि सुधार आएको बताए ।
अटो व्यवसायीहरुले बजारमा अटोको भाडा अधिकतम लिदैं आएको साथै यात्रुहरुको संङ्ख्या पनि सवारीको क्षमताभन्दा बढि राखेर सवार गराईरहेको यात्रुहरुको गुनासो छ । अटो चढ्दा दुर्घटनामा परीने होकि भन्ने त्रास पनि भएको सर्वसाधारण बताउँछन् ।

यसको समाधानको लागि सरोकारवालाहरुले ध्यान दिनु आवश्यक देखिन्छ । साथै सर्वसाधारणले पनि अटो चढ्नुअघि भाडादर सोधेरमात्र चढ्दा उपयुक्त हुने ,व्यवसायीहरुले पनि सवारी साधानको क्षमता र सवारी नियमको पालना गरेर आफ्नो व्यवसाय संचालन गर्नुपर्ने र भाडादरमा एकरुपता ल्याउनुपर्ने जानकारहरुको सुझाव छ ।

निर्धारीत भाडादर यस्तो छ । 

यो भाडादरमा पनि सुधार ल्याउनुपर्ने सर्वसाधारणहरुको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*