प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ राख्न मुख्य मन्त्री डोरमणि पौडेललाई दवाब
हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ को नाम ‘नेवा–ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमािण् पौडेलमाथि दबाब बढ्ने भएको छ । यस अघि नै पशुपति, बाग्मती, नेपाल मण्डल तथा नेवा–ताम्सालिङ लगायतका नाम चर्चामा रहे पनि प्रदेशमा बाहुल्यता भएर पनि आवाज उठ्न नसकेपछि ‘नेवा ताम्सालिङ’ नामाकरण गर्ने कुरा हराउँदै गएको थियो । तर मुख्यमन्त्री पौडेललाई यस विषयमा भने घचघचाउने कार्य निरन्तर भइरहेको बुझिएको छ ।
यसैबिच ‘नेवा ताम्सालिङ’ नामाकरणका लागि मुख्यमन्त्री पौडेललाई नेपाल तामाङ घेदुङ र नेवा द्धय दबुले संयुक्त रुपमा आज ज्ञापन पत्र बुझाउने भएका छन् । आज दिउसो १२ बजे मुख्यमन्त्रीको कार्यालय हेटौंडामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिला कुमार घलानले जानकारी दिएका छन् ।
तामाङ घेदुङका केन्द्रिय महासचिब बाबु घिसीङ र दबुका दिलिप महर्जनको नेतृत्वमा मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाइने भएको हो ।
