मकवानपुरमा स्वास्थ्य बिमामा कमि, जनचेतनाको अभाव

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार ११:३७
PIc : videoblocks.com

मकवानपुर, २० चैत । मकवानपुरमा अन्य जिल्लाका तुलनामा स्वास्थ्य बिमा गर्ने नागरिकहरुको संख्यामा कमि आएको छ । हेटौँडामा स्वास्थ्य बिमा बोर्डको आयोजनामा भएको स्थानीय तहस्तरीय स्वास्थ्य विमा अभिमुखीकरण कार्यक्रमका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।

सरकारले ल्याएको स्वास्थ्य विमा अन्तगर्त मकवानपुरमा ३२ हजार ७ सय ६ जनाले स्वास्थ्य विमा गरेका छन् । स्वास्थ्य विमा दर्ता अधिकारी नरबहादुर खड्काका अनुसार यो संख्या विमा कार्यक्रम लागु भएका अन्य जिल्लाको भन्दा निकै कम हो । स्वास्थ्य सेवा प्रदायक सस्ंथाहरुबाट विश्वसनीय ढंगले सेवा प्रवाह नगर्दा मकवानपुरमा स्वास्थ्य बिमाप्रति आकर्षण कम भएको खड्काले भनाई छ ।

त्यसो त स्थानीयहरुले स्वास्थ्य बिमाको बारेमा आफुहरुलाई थाहै नभएको पनि बताएका छन् । चालु आर्थिक बर्षदेखि मकवानपुरमा शुरु भएको स्वास्थ्य विमा गरेकामध्ये ७ हजार ६ सय १९ जनाले स्वास्थ्य सेवा समेत लिईसकेका छन् । अहिलेसम्म देशभरी ५ लाख ८२ हजार २ सय १२ जनाले बिमा गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*