गाउँपालिका महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका लामा

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १९:४३

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघको केन्दीय सदस्यमा मकवानपुर भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा चयन भएका छन् । महासंघको आज काठमाडौँमा सम्पन्न भएको अधिवेशनबाट लामा केन्द्रीय सदस्य चुनिएका हुन् ।

महासंघको केन्द्रीय अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्वत चयन भएका छन् । उनी सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष हुन् । ३७ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा मेनुका काफ्ले, महासचिवमा वंशलाल तामाङ, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर चयन भएका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसहित, विधान संशोधन, महासंघको राजनीतिक दृष्टिकोण र घोषणापत्र सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*