आगलागीमा लाखौँको क्षति

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १४:१९
file-photo

काठमाडौं, १९ चैत । मुलुकका दुई स्थानमा भएको आगलागीमा साढे ९ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ बसन्तपुर बस्ने गज्जु मुसलमान लगायत तीन जनाको घरमा सोमबार आगलागी हुँदा करीब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

बर्दियाको राजापुर नगरपालिका–७ शंकरपुर बस्ने ५५ बर्षीय कृष्ण बहादुर बमको भान्सा घरमा ग्याँस लिक भई आइतबार आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*