कटुवा पेस्तोल र एस.एल.आर.को गोलीसहित पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १४:१४

रौतहट, १९ चैत । रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने ५० बर्षीय जोगेन्द्र सहनीलाई कटुवा पेस्तोल १ नाल र एस.एल.आर.को गोली ३ राउण्ड सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोक स्थित द्यच्ण्छभ्द्दटण्ज्ञ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा चालक सहनीको साथमा रहेको कालो झोला भित्र उक्त हतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*