युवतीहरुले आकर्षक हिप्सका लागि यी एक्सरसाईज गर्नुपर्छ
एजेन्सी, १९ चैत । आकर्षक स्तन जस्तै आकर्षक हिप्स (नितम्ब) हरेक महिलाको चाहाना हो । राम्रो देखिने चाहानामा रहेका कतिपय युवतीलाई आफ्नो अस्वभाविक ठूलो वा सानो हिप्सका कारण निकै चिन्ता हुन सक्छ तर यदि मिलाएर एक्सराईज गर्ने हो भने हरेक युवतीले आफुले चाहेको जस्तै सेक्सी र आकर्षक हिप्स बनाउन सक्छन् । त्यसका लागि केही टिप्स् यस्तो छ–
कुनै पनि एक्सरसाइज सुरु गर्नुअघि शरीरका सबै अंगको स्ट्रेचिङ गर्न जरुरी छ । स्ट्रेचिङका लागि करिब १५ मिनेट समय दिँदा राम्रो हुन्छ । हिप्सको एक्सरसाइज गर्दा रेप्सलाई ध्यान दिन जरुरी हुन्छ । एकै किसिमका एक्सरसाइज पटक–पटक गर्नुलाई रेप्स भनिन्छ । कुनै एक्सरसाइज १६, कुनै १२ र कुनैलाई ८ पटकसम्म गर्न सकिन्छ । ्रपत्येक एक्सरसाइजपश्चात अर्थात एउटा रेप्स सकेपछि केही समय रेस्ट गर्न जरुरी हुन्छ । रेस्टका लागि ४५ सेकेन्डदेखि एक मिनेटसम्मको समय दिँदा हुन्छ ।
–स्क्वाट वाइड स्टेन्स, बारबेल स्क्वाट र डमबेल स्क्वाट
–स्टिफ लेग डेडलिफ्ट, सुमो डेडलिफ्ट
–हिप थ्रस्ट
–हिप एडक्सन र हिप एन्डक्सन
–डंकी किक, गलुट किकब्याक
जम्प स्क्वाट
यदि तपाईलाई यी एक्सरसाईजहरु कसरी गर्नुपर्छ भन्ने थाहा छैन भने युट्युबमा सर्च गर्नुहोस् । एक्सरसाईज गर्ने सही तरिकाबारे हजारौँ भिडियो तपाईले पाउनुहुनेछ ।
