विप्लवका ५ कार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १३:३२
File Photo

काठमाडौं, १९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

नेकपाका कार्यवाहक जिल्ला सचिव पेम्बा शेर्पा, सचिवालय सदस्य विजय नेम्वाङ तथा जिल्ला सदस्यहरू एलिया नेम्वाङ, कविराज चेम्जोङ र भुपेन चेम्जोङ पक्राउ परेका हुन् । प्रहरीले सञ्चालन गरेको सर्च एण्ड कर्डन अभियानमा गस्तीमा रहेको टोलीसँग अभद्र व्यवहार गरेको भन्दै उनीहरू पक्राउ परेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*