शिक्षक नै यौन काण्डमा मुछिएपछि खैलाबैला, ७ जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १३:१९
File Photo

ओखलढुङ्गा, १९ चैत । ओखलढुंगामा शिक्षक नै यौन काण्डमा मुछिएपछि खैलाबैला भएको छ । विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले एक महिलासँग जंगलमै अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा खिचिएको भिडियोको रहस्य उदाङ्गो भएपछि खैलाबैला मच्चिएको हो ।

शिक्षक र ती महिलाको अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ समेत गरेपछि घटनाले थप चर्चा पाएको हो । पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगरसहित सोही स्थानका ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापा छन् । प्रहरीले उनीहरुविरुद्ध म्याद थप गरि सार्वजनिक अपराध मुद्धा चलाएको छ ।

सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ती ७ व्यक्तिलाई पक्राउ गरिएको हो । जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा युवाहरुले भिडियो र तस्बिर खिचेर सार्वजानिक गर्ने भनेपछि प्रहरीमा पुगेका शिक्षक मेहताले आफुले कुनै गलत काम नगरेको दाबी गरेका छन् । शिक्षक मेहताले विहिबार सदरमुकामको एक ल फर्ममा पुगेर आफुलाई कारबाही नहुने गरि उजुरी लेखिदिन आग्रह गरेको समेत खुलेको छ । स्थानीयले आफु गलत हुँदाहुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन् ।

आफू सवार मोटरसाईकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सार्वजनिक स्थलमा अश्लिल कार्य गरेको भनिएका शिक्षक मेहता माथि पनि अनुसन्धान गरेर कारबाही गर्ने बताएका छन् ।

यता स्थानीयले प्रहरीका घुमुवाले शिक्षकसँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोवाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन् । शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपिटसमेत गरेको उनीहरुको आरोप छ । तर भिडियो डिलिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले अनुसन्धानका लागि अर्को मोवाइलमा भिडियो सार्दा डिलिट भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*