कर्मचारी फेसबुकमा झुण्डिएपछि मेयरले लगाए फेसबुकमाथि प्रतिबन्ध

२०७४ चैत्र १९,सोमबार १३:०१

पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखले कार्यालय समयमा फेसबुकमाथि प्रतिबन्ध लगाइदिएका छन् । पछिल्लो समय हेटौँडा सहित देशका अन्य स्थानहरुमा समेत कार्यालय समयमा फेसबुकजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईदै आइएको छ । त्यसैको निरन्तरता स्वरुप र कर्मचारीहरु सामाजिक सञ्जालमै झुण्डिने गरेको जनताको गुनासो बढेपछि मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउन प्रतिबन्ध लगाइएको हो ।

फेसबुकमा झुण्डेर बस्ने कर्मचारीहरुले मनलाग्दी गर्न थालेपछि सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको जानकारी दिइएको छ । त्यस्तै कर्मचारीसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने समेत चेतावनी दिइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*