संगित रोयल्टी नतिर्ने गाडीको बाटोको इजाजतपत्र र नवीकरण नहुने
काठमाडौं १८ चैत । सार्वजनिक सवारीले गित बजाए बापत रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले आईतबार जारी गरेको व्यवस्थापन कार्यविधि निर्देशीका अनुसार अब गाडीको नवीकरण र रुट इजाजतको प्रमाणपत्र लिन उक्त रोयल्टी तिर्नुपर्ने प्रावधान राखेको छ ।
रुट इजाजत पाउन र नवीकरण गर्न रोयल्टी संकलन समाजबाट संगित रोयल्टी चुक्ता गरेको प्रमाणपत्र लिएर यातायात व्यवस्था विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । संगित रोयल्टी प्रमाणपत्र नलिएसम्म गाडीको वाटोको इजाजतपत्र नै नवीकरण नहुने समेत यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार ‘यस विषयमा पहिलेनै अरु कानुनमा उल्लेखभएपनि अब भने रोएल्टी चुक्ताको प्रमाणपत्र पेश नभएसम्म नविकरण नहुने व्यस्था गरीएको छ ।
विभागको व्यवस्थापन कार्यविधि निर्देशीका अनुसार अब ठूला बसले वार्षिक २ हजार , मिनी बसले वार्षिक १४ सय , ट्याक्सी, माइक्रो, जीप, हायस, मिनी ट्रक लगाएतले वार्षिक १ हजार , ट्रक तथा ट्यांकरले वार्षिक १२ सय र पिकअप गाडीले वार्षिक ९ सय त्यसैगरी तिनपांग्रे टेम्पोले वार्षिक ८ सय तिर्नुपर्ने व्यवस्था भएको समेत विभागले जानकारी दिएको छ ।
