पैसा बाँडेर गरिब नेपालीलार्इ कृश्चियन बनाउने गरिएकाे बेलायतकै अखबारकाे खुलासा
२०६२–०६३ काे राजनीतिक परिवर्तनपछि नेपाललार्इ धर्म निरपेक्षता बनाइएकाे भए पनि धर्म परिवर्तनकाे खेल चलिरहेकाे गुनासाे धेरै नेपालीकाे छ । अब त याे गुनासाेमा सीमित रहेन । र, नेपालीकाे मात्र पनि रहेन ।
हिन्दू वा बाैद्ध धर्म धारण गर्दै अाएका गरिव नेपालीलार्इ पैसाकाे अाडमा धर्म परिवर्तन गरार्इ इसाइ बनाइएकाे तथ्य बेलातायबाटै प्रकाशित हुने प्रतिष्ठित दैनिक पत्रिका ‘द गार्जियन’ले सार्वजनिक गरेकाे छ ।
द गार्जियनमा प्रकाशित समाचारमा पैसाले किनेर गरिब नेपाली जनतालाई ईसाई बनाइएका कयाैँ उदाहरण उद्धृत गरिएका छन् ।
मकवानपुरको मनहरीबाट द गार्जियन दैनिकका पीट प्याटिसनले समाचार संप्रेषण गरेका हुन् । समाचारमा नेपालका गरिब जनताहरू समाजमा दलित भनेर पाखा पारिएपछि ईसाई धर्ममा लागेकाे उल्लेख छ ।
उनीहरूमा पैसाको लोभमा परेर धर्म परिवर्तन गर्ने चलन देखिएको र यसले गर्दा हिन्दू बाहुल्य भएको नेपाललाई अप्ठेरो परेको समाचारमा उल्लेख छ ।
अहिले नेपालमा दश लाखभन्दा बढी नागरिकले आफूलाई ईसाई भनेर चिनाउने गरेको र तिनीहरूमध्ये पनि ६५ प्रतिशत दलित रहेको नेपाल इसाइ फेडेरेशनले जनाएको छ ।
नेपालले आफूलाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्रको रूपमा संविधानमा परिवर्तन गरेपछि अन्य धर्ममा लाग्नेको संख्या बढेको सो समाचारमा उल्लेख छ ।
समाचारको मुख्य सारचाहिँ अहिले अरु धर्मबाट ईसाई धर्ममा परिवर्तन हुने देशहरूमा नेपाल अग्रस्थानमा भए पनि यो बदलाव केवल पैसाको कारण भएको हो, धार्मिक आस्थाको कारण होइन भन्ने छ ।
ईसाई धर्म प्रचारका लागि कति पैसा खन्याइएको छ भन्ने एक उदाहरणस्वरूप द गार्जियन लेख्छ, ‘मनहरीजस्तो सानो बजारमा दुईवटा मस्जिद, पाँचवटा गुम्बा र १० वटा मन्दिर छन् भने चर्चचाहिँ ३५ वटा पुगिसकेका छन् ।’
– कान्तिपुर लाइभबाट
