दुई जना मृत अवस्थामा फेला
काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु चुनदेबी डेरा गरी बस्ने दोलखा भिमेश्वर गाउँपालिका–८ बोच घर भएका ५२ बर्षीय दिपक बस्नेत आइतबार बिहान सुतेको स्थानमा मृत अबस्थामा फेला परेका छन् ।
त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुर बस्ने ५० बर्षीय राम सरो माली आइतबार विहान आफ्नै कोठामा सुतेको स्थानमा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
