बच्चाको विषयमा झगडा हुँदा रामको मृत्यू
रौतहट, १८ चैत । गरुडा नगरपालिका–७ पिपरिया दोस्तिया बस्ने ४० बर्षीय राम किशोन यादबको कुटपिटबाट मृत्यु भएको छ ।
मृतक राम किशोन र सोही ठाउँ बस्ने ३२ बर्षीय मनोज यादब बीच आइतबार बच्चाको बिषयलाई लिएर झैझगडा हुँदा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका राम किशोनको हेल्थ केयर अस्पताल बिरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिट गर्ने मनोजलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
