स्वर्गीय काँग्रेस नेता खड्काप्रति मकवानपुरमा श्रदाञ्जली अर्पण
मकवानपुर १८ चैत । नेपाली कांगे्रसका नेता खुमबहादुर खड्काको निधनप्रति ३ नम्वर प्रदेशका संसदीय दलका नेताहरुले दुःख व्यक्त गरेका छन् । ३ नम्वर प्रदेशका प्रखुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बाँनिया र सदस्य सचिव निमा लामाद्वारा संयुक्त रुपमा जारी गरीएको विज्ञप्तिमा श्रदाञ्जली अर्पण गरीएको जनाईएको छ ।
विज्ञप्तिमा प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशिल रहनुभएका खड्का अदम्य साहस, दृढ निश्चय प्रदर्शन गर्नसक्ने अनुकरणीय नेताको रुपमा स्मृतिमा रहने जनाईएको छ ।
त्यसैगरी नेपाली कांग्रेस मकवानपुरले पनि नेता खड्काप्रति श्रदाञ्जली अर्पण कार्यक्रमको आयोजना गरी श्रदाञ्जली अर्पण गरेको छ । खड्को निधनले काँग्रेस मकवानपुरलाई मात्र नभई सम्पुर्ण काँग्रेस पार्टीलाइनै दुखी बनाएको जिल्लाका काँग्रेसी नेताहरुले धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्यहरु भीमसेन महत, सूर्यबहादुर रुम्बा, कृष्णप्रसाद दाहाल, विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
