बँदेलको आक्रमणबाट वन अधिकृत गम्भीर

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १२:४७

कञ्चनपुर । बँदेलको आक्रमणमा परी जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत ४२ वर्षीय जिवछ यादव गम्भीर घाइते भएका छन् ।

सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले बताए ।

यादवको घाँटीनेरको भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते यादवको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*