एक जनाको बेहोस अवस्थामा मृत्यू, एक जना मृत फेला

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १२:४४
File Photo

काठमाडौँ, १८ चैत । मुलुकका दुई फरक स्थानमा एक व्यक्तिको बेहोस अवस्थामै ज्यान गएको छ भने एक मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे विज रिसोर्टमा पिकनिकको लागि कलाउड फ्याक्ट्री काठमाडौँबाट आएका गोर्खा भिमसेन गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २६ बर्षीय प्रदिप अमगाईको सुनकोशी नदीको बगरमा शनिबार भलिबल खेल्ने क्रममा बेहोस भएर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै मोरङको सुनबर्षी नगरपालिका–६ झपडताल स्थित सडकमा शनिबार रतुवामाई नगरपालिका–५ बस्ने ४५ बर्षीय किसुण टुडु मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*