सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित राजमार्गमा युपी ६४एच ४९७९ नम्वरको ट्रकले पैदल यात्री गुल्मी मुसीकोट नगरपालिका–५ बस्ने २५ बर्षीय गणेश खरेललाई शनिबार ठक्कर दिदाँ घटनास्थलमै मुत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
बाराको सिमरा उपमहानगरपालिका–१ ट्राफिक चोक नजिक बा.१५च ७९६१ नम्बरको टाटा सुमो गाडीले ना ३९प ७३२५ नम्बरको स्कुटीलाई शनिबार ठक्कर दिदाँ स्कुटी चालक सोही ठाउँ बस्ने दिपक लोहनी घाइते भएकोले उपचारको लागी अल्पाईन अस्पताल सिमरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको दमक नगरपालिका–६ दमक चोक स्थित पूर्ब–पश्चिम राजमार्गमा मे.१ख ४५३६ नम्बरको बसको चक्का आइतबार विहान एक्कासी खुस्कीई उक्त चक्काले पैदल यात्री सोही नगरपालिका–८ बस्ने ७१ बर्षीया हरिमाया पाण्डेलाई लाग्दा गम्भीर घाइते भएकोले उपचारको लागि दमक लाईफ लाईन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
