सुनसहित भारतीय नागरिक पक्राउ
मोरङ, १८ चैत । श्रीएयरलाईन्सको उडानद्धारा काठमाडौँ जान लागेका भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई मोति मालाको दाना आकारको ३ सय ९४ थान र पातलो सानो पाता १ थानको सुन सहित पक्राउ गरेको हो । बिराटनगर बिमानस्थलमा खटिएको प्रहरीले शनिबार उनलाई चेक गर्र्दा उनको झोलाबाट उक्त सुन बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
