लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२८ सौर्य घर भई वडा न–२७ तालचोक स्थित तालचोक फ्रेसहाउस संचालन गरी बस्ने ३९ बर्षीया सुकमाया गुरुङ ,सोही महानगरपालिका–१६ बाटुलेचौर बस्ने २९ बर्षीय दिपेश परियार र २१ बर्षीय सुवास परियारलाई प्रहरीले २ के.जी.३ सय ग्राम गाँजा सहित पक्राउ गरेको छ ।
गुरुङले फ्रेस हाउस भित्र भण्डारण गरी गाँजा बेचबिखन गरी रहेको अवस्थामा शनिबार प्रहरीले उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी राजमार्गबाट प्रहरीले शनिबार सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने टिका राईलाई लागूऔषध फेनारगन ११ एम्पुल, लुपीजेसीक ११ एम्पुल, एभिल ११ एम्पुल, डाईजेल्याब ११ एम्पुल सहित पक्राउ गरेको छ । प्रहरीले उनीसंगै सोही गाउँपालिका–५ बस्ने एन्जल राईलाई समेत नाईट्रोसन ९० ट्याब्लेट सहित पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
