रामपुर नगरपालिकामा नरबहादुरको सव यसरी फेला पर्यो

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार २१:१५

रामपुर १७ चैत । रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ ।

रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो ।

मृतावस्थामा फेला परेको पुरुषको शव निस्दी गाउँपालिका–२ सहलकोट घर भई हाल रामपुर नगरपालिका–१ छम्के बस्दै आएका ५३ वर्षीय नरबहादुर सारुको रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

स्थानीयवासीले नहरले बगाएर ल्याएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । शवको कुनै पनि भागमा चोट नरहेकाले नहरमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*